महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा चतुर्थी - १९

परिचय

नेपालको कोशी प्रदेश‎ मा अवस्थित पहाडी जिल्ला हो। उतिखेरको नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो। भोजपुर जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भूमि हो। संखुवासभा, धनकुटा, उदयपुर, खोटाङसोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्लाहरू हुन। विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ। अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, मगर, नेवार,तामाङ, शेर्पा आदी पर्दछन। भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, चौकीडाँडा, कुलुङ्, दावाँ,च्याङ्ग्रे,मानेडाँडा,प्याउली बजार लगायत अन्य प्रमुख स्थानहरू हुन। मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपाल भरिलाई चाहिने धातुको सिक्काको लागि गरीएको भन्ने इतिहास छ

परापुर्वकालदेखि नै एक ठाउँबाट अर्को ठाउँमा खबर आदान-प्रदान गर्न चिठ्ठीपत्रको प्रयोग भएको पाइन्छ। तिनताक खासगरी राजा महाराजाहरुको दरवारमा समाचार तथा सूचना आदान-प्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशु पंक्षिहरुको प्रयोग भएको किंवदन्ती पाईन्छ। संस्थागत रूपमा हुलाकको स्थापना सँगै चिठ्ठीपत्र पुर्याउने कार्य प्रणालीगत रूपमा हुलाकबाटै हुँदै आएको देखिन्छ। विश्वमा सन् १६६० मा बेलायतका तत्कालीन राजा चार्लस् द्वितीयले - General Post Office को स्थापना गरेको इतिहाँस भेटिन्छ । नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो । हुलाक बस्तुहरु आदान प्रदान गर्नका लागि वि.स. २०१७ सालमा शाखा हुलाक कार्यालय स्थापना भई छोटि हुलाक हुदै वि.स. २०३१ सालमा जिल्ला हुलाक कार्यालयको नामवाट कार्यालय स्थापना भएको संघिय कार्यालय हो । भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ७ मा स्थित हुलाक कार्यालय आफ्नै भवनमा सञ्चालित रहेको छ । भोजपुर जिल्लामा ८ वटा पालिका हुलाक कार्यालय र 41 वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । भोजपुर जिल्लामा संघीय संरचना बमोजिम दुर्इ नगरपालिका र ७ गाँउपालिका गरी ९ वटा स्थानीय तह रहेका छन् । 9 वटा स्थानीय तह अन्तर्गत भोजपुर नगरपालिकामा जिल्ला हुलाक कार्यालय रहेको छ त्यसैगरी षडानन्द नगरपालिकामा पालिका हुलाक कार्यालय रहेको छ भने अन्य सात वटा गाँउपालिका अन्तर्गत साल्पासिलिच्छो गाँउपालिका, ट्याम्केमैयुम गाँउपालिका, पौवादुमा गाँउपालिका, अरुण गाँउपालिका, हतुवागडी गाँउपालिका, रामप्रसादरार्इ गाँउपालिका, आमचोक गाँउपालिकामा पालिका हुलाक कार्यालयबाट हुलाक सेवा सञ्चालनमा रहेको छ। यस जिल्ला हुलाक कार्यालयको क्षेत्रधिकार भित्र १५०७ वर्ग किलोमिटर जसमा पुर्वतर्फ धनकुटा जिल्ला पश्चिमतर्फ खोटाङ, उत्तरतर्फ संखुवासभा छ भने दक्षिणतर्फ उपदयपुर जिल्लाले छोएको छ। भोजपुर जिल्ला बाट हिले धनुकटा यातयातको माध्मबाट भने खोटाङ र संखुवासभामा भने कर्मचारी द्वारा डाँक ढुवानी गरिएको छ। हवाइजहाजको माध्यमबाट नेपालको राजधानी काठमाण्डौंको लागि डाँक ढुवानी गरिन्छ ।आन्तरिक डाँक ढुवानीको लागि भने सवारी साधन तथा मानिस द्वारा चिठ्ठीपत्र ओसारपसार गरिन्छ । जिल्ला हुलाक कार्यालयवाट प्रदान गरिने सेवाहरु निम्न बमोजिम रहेका छन्

qहुलाक कार्यालयका कार्यहरु:-
डाँक सेवा आदान प्रदान,
हुलाक बस्तुको आदान प्रदान ,
हुलाक टिकट विक्री,
डाँक व्यवस्थापन तथा अनुगमन,
हुलाक अपराध छानविन तथा अनुसन्धान,
पत्र पत्रिका दर्ता तथा नविकरण,
एफ.एमहरुको अनुगमन तथा नवीकरण ।